कैलाश सिरोहियालाई आज फेरि अदालत लैजाने

काठमाडौं । दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज तेस्रो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ ।

जेष्ठ ८ मा पक्राउ परेका सिरोहियालाई अनुसन्धान गर्न प्रहरीले धनुषा जिल्ला अदालतबाट दुईपटक ३र३ दिन गरी ६ दिनको म्याद लिएको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए ।

अहिले उनी जनकपुरधामकै सुविधा सम्पन्न काव्या अस्पतालमा उपचाररत छन् । उनलाई अस्पतालबाटै अदालत लैजाने प्रहरीको तयारी छ ।

उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएकाले सिरोहिया अस्पताल लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय