गाउँले र टिपिकल परिवेशले भरिएको नेटफ्लिक्समा हेर्नुस् ‘लापता लेडिज’

एजेन्सी । हिन्दी चलचित्र ‘लापता लेडिज’ यतिबेला निकै चर्चामा छ । किरण राव निर्देशित फिल्म मार्च १ मा प्रदर्शनमा आएके हो ।

त्यसपछि यो फिल्म २६ अप्रिलमा ओटिटी प्लेटर्फम नेटफ्लिक्समा प्रदर्शन भयो। जसले कम समयमा एकदमै प्रतिक्रिया र राम्रो भ्युज पाइरहेको छ ।

यो फिल्म नेटफ्लिक्समा रिलिज भएको १ महिना पनि भएको छैन। तर फिल्मले १ करोड ५० लाख धेरै भ्युज पाएको छ। यसले भ्युजको मामिलामा रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ लाई पछि पारेको छ।

फिल्मको कथा गाउँले र टिपिकल परिवेशले भरिएको छ । फिल्ममा स्पर्श श्रीवास्तव, नितान्शी गोयल, प्रतिभा रान्ता, रवि किशनलगायत कलाकारको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय