काठमाडौं । नेकपा एसका अध्यक्ष माधव नेपालले यसै साता हुन लागेको चीन भ्रमण रद्द गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालको भ्रमण तयारी पुरा भएपनि अन्तिम समयमा यात्रा नगर्ने भएका हुन् ।
आगामी विहीबारदेखि चीन सरकारको निम्तोमा सुचवान प्रान्तको राजधानी छेन्दुको भ्रमण गर्ने कार्यतालिका थियो । अध्यक्ष नेपालले भ्रमण गर्न नसक्ने भएपछि पार्टीका उपाध्यक्ष प्रमेशकुमार हमालको नेतृत्वमा सात सदस्यीय टोली बिहीबार छेन्दु पुग्नेछन् । हमाल नेतृत्वको टोलीले चारदिन चीन यात्रामा रहँदा छेन्दुमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटवार्ता र भ्रमण गर्नेछन् ।
त्यसअघि अध्यक्ष नेपालको नेतृत्वका टोली छेन्दु भ्रमण सकेर चीनको स्वसासित क्षेत्र तिब्बतको समेत भ्रमण तालिका तय हुँदै थियो । तर, अध्यक्ष नेपालको भ्रमण रद्द भएपछि हमाल नेतृत्वको टोली भने तिब्बत जाने छैन ।