कैलाश सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप तीन दिनको समय

काठमाडौँ । दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको समय पाएको छ।

जिल्ला न्यायाधीश यदुराज शर्माको इजलासले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए।

यसअघि दुईपटक ३र३ दिन म्याद थपिएको उनीमाथि अनुसन्धान गर्न यसपटक पनि धनुषा जिल्ला अदालतले ३ दिनकै म्याद दिएको हो। प्रहरीले हरेक पटक ५ दिनको म्याद माग्दै आएको थियो।

केही दिनदेखि भने उनी अस्पतालमा बसेका छन्। काव्य अस्पतालमा रहेका उनलाई एम्बुलेन्समा राखेर जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला अदालत लगिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय