देशका सबै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा जोडिए: अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्नुअघि गणतन्त्र आएपछि सरकारले गरेको विकासबारे जानकारी दिएका छन्। अर्थमन्त्री पुनले देशका सबै ७७ वटै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा जोडिएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले गणतन्त्र आइसकेपछि १८ हजार २११ किलोमिटर सडक कालोपत्रे भएको बताए। सबैस्तरका गरेर एक लाख ५ हजार किलोमिटर सडक रहेको उनको भनाइ छ। गणतन्त्र आउनुअघि ५ हजार ४०० किलोमिटर सडक मात्रै कालोपत्रे भएको थियो।

उनले आर्थिक वर्ष ६४/६५ मा कूल गार्हस्थ्य उत्पादन ८ खर्ब १५ अर्ब रहेको कूल गार्हस्थ्य उत्पादन चालू वर्षमा ५७ खर्ब ५ अर्ब पुग्ने अनुमान रहेको बताए। यस्तै प्रतिव्यक्ति आय ४९१ अमेरिकी डलरबाट बढेर १ हजार ४५६ पुगेको उनले बताए। विद्युत् उत्पादन ७०० मेगावाटबाट ३ हजार मेगावाटभन्दा बढी पुगेको बताए।

यस्तै ५६ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेकामा यति बेला ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको उनले बताए। त्यस्तै २०६५ सालमा वाणिज्य बैंकका ५९१ शाखा थिए। जुन, यति बेला ५ हजार ४२ वटा वाणिज्य बैंकका शाखा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर