काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक देशमा भित्र्याउने लक्ष्य लिएको छ।
आज आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको बताएका हुन्। उनले पर्यटकलाई एकद्वार प्रणालीमा ल्याइनेसमेत बताए।