आगामी वर्षमा ‘जन्मस्थलमा गैरआवासीय नेपाली अभियान’ सञ्चालन गरिने

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा ‘जन्मस्थलमा गैरआवासीय नेपाली अभियान’ सञ्चालन गरिने बताएका छन्।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले ‘विदेशको आम्दानी, स्वदेशको लगानी’ अन्तरगत गैरआवासिय नेपालीको पूँजी, प्रविधि र सीपलाई मातृभूमीसँग जोड्न ‘जन्मस्थलमा गैरआवासिय नेपाली अभियान’ सञ्चालन गरिने बताएका हुन्।

मन्त्री पुनले गैरआवासीय नेपालीद्वारा स्थापित ‘एनआरएन डेभलपमेन्ट फन्ड’ को उपयोग र लगानीका थप अवसर प्रवद्र्धन गर्न सहजीकरण गरिने पनि बताए। उनले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको भूगोल, कला र संस्कृतिसँग परिचित हुन पुख्र्यौली थलोमा भ्रमण गर्न आह्वानसमेत गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय