कैलाश सिरोहियालाई काठमाडौंको ल्याइयो

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

सिरोहियालाई थप उपचारका लागि जनकपुरबाट एयरलिफ्ट गरी ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल लगिएको छ ।

प्रहरी हिरासतमै रहेका बेला स्वास्थ्य बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचार तथा थप परीक्षणका लागि मेडिसिटी रेफर गरिएको हो ।उनलाई दिउँसो करिब साढे तीन बजेतिर हेलिकप्टरमार्फत मेडिसिटी अस्पताल ल्याइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय