अत्यधिक गर्मीका कारण तराई मधेशको जनजीवन प्रभावित

काठमाडौं । तराई/मधेशका जिल्लामा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

यो गर्मी आगामी तीन दिनसम्म उच्च हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान रहेको छ । ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्ने उपायहरु अपनाउन मौसमविद्को सल्लाह छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर अबका तीन दिनसम्म तातो हावा तथा तातो हावाको लहर सम्भावना रहेको जनाएको छ । आज कोशी प्रदेशसहित पहाडी क्षेत्रका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

अरु बाँकी क्षेत्रमा आजको मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय