काठमाडौं । झापाबाट चिठ्ठी लेखेर भागेका दुई दाजुभाइ फेला परेका परेका छन् ।
झापाको गौरादह नगरपालिका १ बेलडाँगी चोकका भुपेन खड्काका छोराहरू १४ वर्षका खगेन्द्र खड्का र देव खड्का नाम गरेका दाजुभाइ सामाजिक सञ्जालमा पोस्ट भाइरल भएपछि गएराती भेटिएका हुन् । उनीहरु राति घरबाट झन्डै ३० किलोमिटर पर रहेको पथरीमा भेटिएका हुन् ।
स्थानीय मोती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत उनीहरु मंगलबार बिहान १० बजे घर छाडेर हिँडेका थिए । उनीहरूले आफूलाई नखोज्न भन्दै ठुलो भएपछि घर फर्कने उल्लेख गर्दै नोट लेखेका छाडेका थिए ।
चिठ्ठी लेखेर सिरानी मुनि राखेर घरैबाट बेपत्ता भएको बुवा भुपेन खड्काले बताए । उनले भने, ‘‘मंगलबार राति साढे ११ बजे फोन आयो । प्रशासनको सहयोगमा घर ल्याइएको छ ।’’

