काठमाडौं। सेयर बजार आज दोहोरो अंकले घटेर राताम्मे बनेको छ।
नेप्से परिसुचक आज २३.८१ अंकले घटेर २ हजार ८९.४२ अंकमा कायम भएको छ। हिजोको तुलनामा यो १.१२ प्रतिशतले घटेको हो।
आज कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ। उक्त दिन झण्डै २३ हजार ८० वटा कारोबारमा १ करोड ७ लाख ३८ हजार १ सय ६९ कित्ता शेयर किनबेच भए।
ती किनबेचमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। गत सोमबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
कारोबारमा आएका ५६ स्टक्सको मूल्य बढ्दा १९१ वटाको घट्यो। चार समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन फाइनान्स, होटल्स एन्ड टुरिजम, मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक सकारात्मक देखिएका छन्।