काठमाडौं । गुल्मीमा यहि जेठ २१ देखि आईपीभी खोप लगाइने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सुरु हुने खोप अभियान २८ गतेसम्म जारी रहने छ ।
अभियानअन्तर्गत गुल्मीका १२ वटै स्थानीय तहका खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोगविरुद्धको आईपीभी खोप लगाइने भएको हो ।
३९२ केन्द्रमार्फत १० हजार ८१० जना बालबालिकालाई आईपीभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताए । उनका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई आईपीभी खोप लगाइने छ ।
पहिले यो खोप लिन छुटेका एक वर्ष मुनिका बालबालिका पोलियो रोगको जोखिममा रहेकाले अभियानको माध्यमबाट आईपीभी खोप दिन लागिएको आचार्यले बताए ।