काठमाडौं । सुर्खेतमा आज बिहान भएको दुर्घटनामा मृत्यु हुने चार जनाकै परिचय खुलेको छ । भारतबाट रोजगारी गरेर फर्किँदै गरेका यात्रु चढेको बोलेरो जिप सुर्खेत-दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्ला नजिकै दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन कालिकोटका र एक जना दैलेखको रहेको प्रहरीले जनाएको छ।
कालिकोटको शुभकालिका गाउँपालिका(३ तन्त कामी उनका १७ वर्षीय छोरा वीरेन्द्रर २७ वर्षीय नवराज विकको मृत्यु भएको हो। यस्तै दैलेखको भैरवी गाउँपालिका(४ का महिन्द्र शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्र विश्वकर्माले जानकारी दिए।
घाइते हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका(३ का नरी कामी र कालिकोटकै खाडाचक्र नगरपालिकाका नरेन्द्र विष्ट छन्। कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उनीहरुको उपचार भइरहेको छ। दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।