माधव नेपाल अहिलेको समिकरणभन्दा बाहिर नजाने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एसका अध्यक्ष माधव नेपाल नेपाली काँग्रेससहित प्रतिपक्षको बैठकमा सहभागी हुनुलाई असहज रुपले नलिएको बताएका छन् ।

आज बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आज बिहान मात्रै माधव नेपालसँग कुराकानी भएको बताउँदै अहिलेको समिकरणभन्दा बाहिर नजाने विश्वास व्यक्त गरे । हिजो साँझ नेपाल प्रतिपक्षको बैठकमा सहभागी भएपछि नेपालको नेतृत्वमा नयाँ गठबन्धनको तयारी भन्ने लगायतको चर्चा हुन थालेको छ ।

यहिबिचमा प्रधानमन्त्रीले यस्तो स्पष्ट पारेका हुन् ।
यस्तै प्रधानमन्त्रील मधेश प्रदेशमा केन्द्रीय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने पनि जिकीर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय