घट्यो आज नेप्से, कारोबार रकम कति ?

काठमाडौं । आज धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा रोकिएको हो ।

यस दिन चार अर्ब २१ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ७० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७३ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज नेपाल फाइनान्स लिमिटेड, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स, हाइड्रोपावर र उत्पादन तथा प्रशोधन समूह समूहको परिसूचक बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय