काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएको विषयमा नेपालस्थित अमेरिकी दूतावासले पुरानै कारण दोहोर्याउँदै टिप्पणी गर्न नमिल्ने बताएको छ ।
आज बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार ट्वान्टी–२० विश्वकपका लागि सन्दीपले दिएको भिसा आवेदन दोस्रोपटक अस्वीकृत गरिदिएको थियो ।
यस विषयमा अमेरिकी दूतावासले अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेख गोप्य हुने भएकाले सन्दीपको विषयमा टिप्पणी गर्न नसकिने यसअघिकै कारण दोहोर्याएको हो ।
“अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकाले हामी भिसाको कुनै केस विशेषमा टिप्पणी गर्न सक्दैनौँ,” दूतावासले भनेको छ ।