वर्षाका कारण नेपाल र अमेरिकाको खेल रद्द

काठमाडौं । नेपाल र अमेरिकाको आईसीसी टी–२० वार्मअप खेल वर्षाको कारण रद्द भएको छ । ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार राति ९ः१५ मा हुनुपर्ने थियो ।

तर अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर टस लगत्तै मैदानमा वर्षा भएको थियो । वर्षा रोकिएपछि मैदानका कर्मचारीले काम गरेका थिए । तर पुनः वर्षा हुन थालेपछि खेल रद्द भएको हो ।

नेपाल पहिलो वार्मअप खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो । यसै मैदानमा नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ ।

नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय