भारतको लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरणको मतदान जारी

एजेन्सी । भारतको लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरणको मतदान जारी छ । लोक सभाका बाँकी ५७ सिटमा आज बिहान ७ बजेदेखि मतदान शुरु हुन भएको हो । अन्तिम चरणमा उत्तर प्रदेश र पन्जाबका १३/१३ स्थान तथा पश्चिम बङ्गालका ९, बिहारका ८, ओडिसाका ६, हिमाञ्चल प्रदेशका ४, झारखण्डका ३ तथा युनियन टेरीटरी अफ चन्दीगढको एक स्थानमा मतदान हुनेछ ।

सातौँ चरणमा ९ सय ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसै चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणसीमा पनि मतदान हुँदैछ । कांग्रेसबाट मोदीको प्रतिस्पर्धामा अजय राजय हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का मोदी वाराणसी क्षेत्रबाट तेस्रो पटक चुनावमा उठ्नुभएको हो ।

लोकसभा अन्तर्गत यसअघि ६ चरणको मतदान सम्पन्न भएको छ । गएको अप्रिल १९ तारिखदेखि मतदान शुरु भएको थियो । सबै मतदान पुरा भएपछि आजैदेखि मतगणना शुरु हुने केन्द्रीय निर्वाचन आयोगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जुन ४ तारिख अर्थात् आउँदो मङ्गलवारसम्म परिणाम घोषणा गर्ने तयारी छ । लोकसभाको ५ सय ४३ सदस्यका लागि विभिन्न चरणमा गरि चुनाव भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय