काठमाडौं । दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका–३, राताभिटाका २४ वर्षीय मिलन कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।
अपिहिमाल गाउँपालिका–३, काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रबार बेलुका कार्कीको मृत्यु भएको उनले जानकारी दिए ।