घट्यो आज सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय