च्याम्पियन्स लिगको उपाधि रियाल मड्रिडलाई

काठमाडौं । फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध २–० को जित निकाल्दै स्पेनिस क्लब रियाल मड्रिडले १५औँ पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार राति इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनलमा रियाललाई जित दिलाउन ड्यानी कार्भाहाल र भिनिसियस जुनियरले गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भए पनि ७४औँ मिनेटमा कार्भाहालको गोलमा रियालले अग्रता बनाएको थियो । च्याम्पियन्स लिगमा कार्भाहालले सन् २०१५ पछि च्याम्पियन्स लिगमा गोल गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय