प्रतिपक्ष दलसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैन: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रमुखप्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाससहितका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन्।

प्रतिपक्ष दलका महन्थ ठाकुर, उपेन्द्र यादवसँगै नेपाल पनि सहभागी भएपछि नयाँ गठबन्धनको कसरत भइरहेको भन्ने राजनीतिक वृतमा चर्चा भइरहेको छ । यहि चर्चाकाबीच नेपालले यस्तो स्पष्ट पारेका हुन् ।

आज आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरुसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताए।

उनले सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क बढाउन पाउने बताए। उनले सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको पनि बताए।

उनले देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको बताए। उनले आफ्नो पार्टी दुईवटा नाउमा खुट्टा हिँड्ने खाले नरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय