काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रश्ताव पेश गर्दै यस्तो बताएका हुन् ।
उनले सन्तुलित र संयमित बजेट आएको भन्दै निजी क्षेत्रले समेत स्वागत गरेको बताए । उनले बजेट प्रश्तुत पछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबाट समेत स्रोतको संकुचनका बीच पनि बजेट सन्तुलित र वस्तुवादी भएको प्रतिक्रियाबाट सरकारले जिम्मेवारीपूर्वक बजेट प्रश्तुत गरेको महशुस गरेको बताए ।
उनले विनियोजन विद्येयकमा बजेटको सिद्धान्त र प्राथमिकता पूर्वअर्थमन्त्रीले प्रश्तुत गर्नुभएको आधारमा सांसदहरुले दिएका सुझावलाई बजेटले आत्मसाथ गरेको बताए ।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई मुल आधार बनाएर बजेट ल्याएको दाबी गरे ।