बजेटले भान्साको मूल्य कम गर्ने सांसद पराजुलीको भनाइ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सरकारले ल्याएको बजेटले भान्साको मूल्य केही हदसम्म भए पनि घटाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथिको सामान्य छलफलका क्रममा सांसद पराजुलीले भने, ‘बजेटले महँगीको मारमा परेका किसानको मुहारमा खुसी ल्याएको छ। बजेटमा आलु र प्याजमा लगाइएको कर छुटले नागरिकमा खुसी जगाएको छ।’

सांसद पराजुलीले सूचना प्रविधिलाई उद्योगका रुपमा पहिचान गरी उद्योग स्थापना गर्न गरेको प्रोत्साहन र प्रयासले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे। उनले तयारी पोसाकको पैठारी दरभन्दा कच्चापदार्थको पैठारी भन्सार दर एक तह कम गर्ने नीतिगत निर्णयले स्वदेशी उद्योग प्रवर्द्धन गर्ने दाबी गरे।

सार्वजनिक संस्थानलाई सम्भाव्यता अध्ययनका आधारमा पब्लिक लिमिटेड वा निजी क्षेत्रसँग साझेदारीमा ल्याइने तथा सरकारी नीतिले रुग्ण र धराशायी उद्योगले पुनर्जीवन पाउने र उत्पादनसँगै रोजगारी सिर्जना हुने सम्भावनाले पनि युवामा आशाको सञ्चार छाएको सांसद पराजुलीको भनाइ छ।

उद्यमीसँगको सहकार्यमा कक्षा १२ मा उत्तीर्ण भएका विद्यार्थीलाई व्यावसायिक सीप र रोजगारी तथा वैदेशिक रोजगारीबाट फर्केकालाई उद्यमशीलतासँग जोड्ने नीति युवामैत्री भएको सांसद पराजुलीले बताए। उनले वस्तु निर्यात प्रवर्द्धन र व्यापार निर्यात सहजीकरणलाई प्राथमिकता दिने नीतिले आशा जगाएको उल्लेख गर्दै कृषिलाई आधुनिकीकरण गर्ने र यसको उपजलाई निर्यातसँग जोड्न आधुनिकीकरण गर्ने, निर्यातलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्ने धारणा राखे।

सांसद पराजुलीले करिडोर र पहुँच मार्ग निर्माणको प्रतिबद्धतालाई जोड्ने नीतिलाई प्रभावकारी कार्यान्वयन गरिनुका साथै बेनी जोमसोम, कोरला नाका मात्रै हैन सबै उत्तर दक्षिण करिडोरलाई गुणस्तरीय र तीव्र गतिमा निर्माण गरेका खण्डमा कृषि, पर्यटनलगायत उद्योगको विकास प्रवर्द्धन गर्न मद्दत पुग्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय