सुन आज तोलामा एक लाख ४१ हजार रुपयाँमा कारोबार हुँदै

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँ घटेर कारोबार भएको हो ।

आज सोमबार छापावाल सुन तोला एक लाख ४१ हजार रुपयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपयाँमा कारोबार भएको थियो ।

सोमबार एक लाख ४० हजार ३०० रुपयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय