अर्जुन कपुर र मलाइका अरोराको ब्रेकअपको पुष्टि

एजेन्सी । बलिउड जोडी अर्जुन कपुर र मलाइका अरोराको ब्रेकअपको खबर विगत केही महिनादेखि चर्चामा छ । अहिले उनीहरू नजिकका केही व्यक्तिले यो खबरको पुष्टि गरेका छन् ।

उनीहरू दुवै भने ब्रेकअपबारे मौन छन् । उनीहरूको सम्बन्ध विच्छेदको कारण मानिसहरूले हङ्गामा नमच्चाउन् भन्ने चाहेको उनीहरू निकटस्थहरूको भनाई छ ।

पिंकभिल्लाको हालैको रिपोर्टमा एक स्रोतलाई उद्धृत गर्दै मलाइका र अर्जुनको सम्बन्ध निकै विशेष रहेको र दुवैको मनमा एक अर्काको लागि विशेष स्थान रहने बताएको छ । उनीहरूले छुट्टिने निर्णय गरेका छन् र यस विषयमा मर्यादित मौनता कायम राख्न चाहन्छन्।

उनीहरूको लामो सम्बन्ध थियो, जुन दुर्भाग्यवश अब समाप्त भएको रिपोर्टमा भनिएको छ । यसको मतलब अहिले यी दुईबिच कटुता छ भन्ने होइन । दुवैले एक अर्कालाई सम्मान गर्छन् र सधैँ एक अर्काको लागि सहयोग गर्नेछन्।

ब्रेकअपपछि पनि उनीहरूले उस्तै सम्मान गरिरहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय