काठमाडौं। फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्। सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ।
फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरूद्ध प्रहरी वृत्त बौद्धमा मुद्दा थियो। पक्राउ पुर्जी जारी भएपनि फरार रहेका उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए।