सुनको मूल्य आज एक लाख ४२ हजार ७ सय पुग्यो

काठमाडौं । सुनको मूल्य आज हालसम्मकै उच्च कायम गएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यही जेठ १८ गते छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यो रेकर्डलाई आज ‘ब्रेक’ गरेको हो ।

सोमबारको तुलनामा मंगलबार छापावाल सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भइरहेको छ ।

न्यिदब िक्ष्mभ दबलप
त्यस्तै, मंगलबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एकैदिन २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय