काठमाडौं । नेकपा एमालेले संसद्बाट बालेन्द्र साह बालेनमाथि खनिएको छ।
आजको प्रतिनिधिसभामा एमाले सांसद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन पछिल्लो समय अराजक बनेको भन्दै आक्रोश पोखेका हुन्।
बालेनले हिजो लडेर अहिलेको व्यवस्था ल्याउने नेताहरूकै मजाक उडाएकोसमेत उनको टिप्पणी छ ।
बालेनले सामाजिक सञ्जालमार्फत विभिन्न आरोप थोपर्दै जेल जान तयार हुन चेतावनी दिएपछि एमाले आक्रोशित भएको हो। त्यसलाई एमालेले अनुचित भण्डाफोर भनेको छ।

