बलिउड अभिनेता वरुण धवन बने छोरीको बुवा

एजेन्सी । बलिउड अभिनेता वरुण धवन छोरीको पिता बनेका छन् ।

वरुणकी पत्नी नताशा दलालले सोमबार राति मुम्बईको हिन्दुजा अस्पतालमा छोरीलाई जन्म दिएकी छिन् । अस्पतालबाट वरुणका पिता डेविड धवन, आमा करुणा धवन र भाउजु जान्हवी धवनको भिडियो बाहिरिएको छ ।

निर्देशक करण जौहरले इन्ष्टाग्राममा ‘मेरो छोराको घरमा छोरी जन्मिएकी छिन्’ भन्दै धवन सम्पत्तिलाई बधाई दिएका छन् । अर्जुन कपूरले पनि छोरीको पिता भएकोमा वरुणलाई बधाई दिएका छन् । वरुण–नताशाले यही वर्षको फेब्रुअरीमा आफूहरू मातापिता बन्न लागेको घोषणा गरेका थिए । वरुण र नताशाले सन् २०२१ को जनवरीमा बिहे गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय