हमासको कब्जामा रहेका थप चार जनाको मृत्यु

एजेन्सी । प्यालेस्टिनी विद्रोही समूह हमासले कब्जा गरेकामध्ये चार जनाको ज्यान गएको इजरायलले दाबी गरेको छ ।

हमासले गएको अक्टोबर ७ तारिखमा बन्धक बनाएका थप चार जना बन्धकको ज्यान गएको इजरायलले पुष्टि गरेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने चारै जनालाई गाजापट्टी नजिकैबाट अपहरण गरिएको थियो ।

मारिनेमा बेलायती नागरिक ५१ वर्षीय नादाभ पोपलवेल, ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८५ वर्षीय अमिरम कुपर रहेका छन् । हमासको नियन्त्रणमा रहेका झन्डै एक सय २० जना बन्धकको अवस्था भने अझै थाहा हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय