संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाउनुपर्छ: काँग्रेस सांसद गौतम

काठमाडौं । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् ।

आज मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले संविधान संशोधनका लागि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका हुन् । उनले यो संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न सकिने पनि बताए ।

‘अब हामीसँग एउटा झिनो आशा बाँकी छ । देशको माया गरौँ । दलगत आग्रह र पूर्वाग्रहलाई छोडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गरौँ । यहीँ संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न हामी सक्छौँ’ उनले भने,‘बोर्डर डेमोक्रेटिक एलाइन्स्को कल्पना गरौँ । र यो संविधानलाई संशोधन गरौँ । यो मुलुकमा सुशासनको प्रत्याभुति दिउँ । जनतामा आशा र भरोसा पैदा गर्ने एउटा बाटो कोरौँ । अनिमात्र हामिले अगाडी बढ्न सक्छौँ ।’

उनले अब यही रुपको संघीयता, निर्वाचन प्रणाली, शासन व्यवस्था र सरकार सम्भव नभएको भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय