काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँगग पराजित भएको छ।
मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटको हार व्यहोर्दै विश्वकपको सुरुवात गरेको हो। नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य डच टोलीले ८ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो।
नेपालविरुद्ध जित निकाल्ने क्रममा म्याक्स ओ डाउडले अर्धशतक पूरा गरे। डाउड ५४ र बास डे लिड ११ रनमा अविजित रहे। म्याक्स ओ डाउडले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
कप्तान स्कट इडवार्ड ५ रन बनाउँदा अविनास बोहोराको बलमा बोल्ड आउट भए। तेस्रो विकेटका लागि ओपनर म्याक्स ओ डाउड र सेब्रट एंगेलब्रेचले २८ रनको साझेदारी गरे।
सोमपालले १४ औँ ओभरको पहिलो बलमा नै सेब्रड एंगेलब्रेचलाई १४ रनमा रन आउट गराए। दिपेन्द्र सिंह ऐरिले ८.२ ओभरमा ओपनर विक्रमजित सिंहलाई २२ रनमा बनाउँदा एलबीडब्लु धरापमा पारे। दोस्रो विकेटका रुपमा म्याक्स ओ डाउड र विक्रमजितले ४१ रनको साझेदारी गरे।
ओपनर माइकल लेविट दोस्रो ओभरको दोस्रो बलमा नै क्याच आउट भए। नेपालका तिव्र गतिका बलर सोमपाल कामीले माइकललाई १ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए।