काठमाडौंको दक्षिणकालीमा २ जनाको शव फेला

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ को खोँचमा २ जनाको शव फेला परेको छ । फेला परेको शव एक जना महिला र अर्को पुरुषको भएको प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीले जनाएको छ ।

मृतकको नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएको छ । अप्ठ्यारो भीरमा रहेकाले शवहरु निकाल्न सामाखुशीको प्रहरी टोली परिचालन गरिएको छ ।

उनीहरु करिब ५ दिनअघि मोटरसाइकलसँगै खसेको हुनसक्ने अनुमान गरिएको छ । बुधबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा प्रहरी प्रभाग फर्पिङले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय