बालेनलाई न्युरोडमा काम गर्न दिनुपर्छ, कुनै प्रकारको हस्तक्षेप गर्नुहुँदैन: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई न्युरोडमा काम गर्न दिनुपर्ने माग गरेका छन्।

जारी प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बालेनले नागरिकहरूको लागि राम्रो काम गरेको भन्दै प्रशंसासमेत गरेका हुन्।

उनले उक्त काममा संघले हस्तक्षेप गर्नु नहुने पनि बताए। उनले भने,‘न्युरोडमा नागरिकहरूको लागि सडक पेटी बढाउन जरुरी थियो,बालेनले जे गरेका थिए,ठिक गरेका थिए,उनलाई त्यहाँ काम गर्न दिनुपर्छ,संघले कुनै प्रकारको हस्तक्षेप गर्नुहुँदैन,फिर्ता हुनुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर