काठमाडौँ । चलचित्र ‘मोदीबेनी’का दुई वटा पोस्टर सार्वजनिक भएका छन् ।
यस चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो । चलचिध आगामी श्रावण १८ गते रिलिज हुने छ ।
पोस्टरमा यसै चलचित्रबाट डेब्यु गरेका अभिनेता श्रेष्ठलाई ‘एङ्ग्री योङ म्यान’ को रूपमा देखाइएको छ । उनी कुनै पहाडी इलाकामा हातमा बाँसको मोटो लट्ठी समाएर रिसाहा भावमा उभिएका छन् ।
अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ ।