डान्सिङ रियालिटी सो ‘डान्स च्याम्पियन सिजन २’ २७ गतेदेखि प्रसारण हुने

काठमाडौँ । डान्सिङ रियालिटी सो ‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रसारण हुने भएको छ ।

आज बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । सो एपिवान टेलिभिजनमार्फत प्रसारण हुने आयोजक आईडिए स्टुडियोले बताएको छ । सिजन टु मा सोलो, डुयल, ट्रियो र ग्रुपमा समेत प्रस्तुति गर्न पाइने बताए ।

प्रिमियरदेखि फिनालेसम्म निर्णायकको भिट्टो पावर लगाउनसक्ने व्यवस्था रहेको बताइएको छ । शोको लागि अडिसन राउण्ड सकिसकेको छ ।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गीत, संगीत, नृत्य र अभिनय सबै कलाकारिताका एक अर्काका परिपूरक भएको बताए । उनले अहिले पनि अवसर पाए नृत्य सिक्न मन रहेको बताए । उनले चलचित्रका लागि अहिले नृत्य सिक्नु अनिवार्य नै भइसकेको बताए ।

उनले भने ‘गीत, संगीत, नृत्य र अभिनय यी सबै कलाकारिताका एक अर्काका परिपूरक हुन् । हाम्रो पालमा जब म कलाकार बन्न आएको थिएँ । त्यतिबेला यस्तो डान्स रियालिटी सो खासै थिएन । कहाँ सिक्ने होला भन्ने थियो । डान्स स्कुलहरू थिएनन् । चाहेर पनि डान्स सिक्न पाइन । अझै पनि मौका पाएँ भने सिक्ने कोशिस गर्दछु । डान्स फिल्मको लागि कम्पलसरी नै भइसकेको छ ।’

‘डान्स च्याम्पियन सिजन २’ सिपमा कुनैपनि उमेरकाले सहभागिता जनाउनसक्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय