सिडको सदस्यमा बन्दना राणा पुनः निर्वाचित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा बन्दना राणा पुनः निर्वाचित भएकी छिन्।

शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको निर्वाचनमा राणा १४६ मत प्राप्त गरी विजयी भएकी हुन्। उनी यो पदमा सन् २०२५ देखि २०२८ सम्म रहनेछिन्।

नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिए।

२३ सदस्य समितिले विश्वव्यापी रूपमा महिलाकासमस्या, राष्ट्रसंघमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको अनुगमन गर्छ । यो समितिको कार्यालय जेनेभामा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय