टी-२० विश्वकप: बंगलादेशसँग २ विकेटले श्रीलंका पराजित

टी-२० विश्वकपमा समूह डीमा श्रीलंकाले दोस्रो हार बेहोरेको छ। शनिबार बिहान भएको खेलमा श्रीलंकालाई बंगलादेशले २ विकेटले हराएको हो।

बंगलादेशले जितका लागि पाएको १२५ रनको लक्ष्य१९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए । उनले मात्र २० बलमा १ चौका र ६ छक्का हिर्काए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको थियो ।

श्रीलंकाका लागि ओपनर पाथुम निशांकाले सर्वाधिक ४७ रनको योगदान दिए । उनले २८ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

धनञ्जय डी सिल्भाले २६ बलमा २१ रन बनाए । चरिथ अशलंकाले २१ बलमा १९ रन जोडे। एन्जेलो म्याथुजले १९ बलमा १६ रन बनाए।

पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग पराजित भएको थियो। बंगलादेशको यो पहिलो खेल हो।

प्रतिक्रिया

सम्बन्धित खवर