टी-२० विश्वकप: बंगलादेशसँग २ विकेटले श्रीलंका पराजित

टी-२० विश्वकपमा समूह डीमा श्रीलंकाले दोस्रो हार बेहोरेको छ। शनिबार बिहान भएको खेलमा श्रीलंकालाई बंगलादेशले २ विकेटले हराएको हो।

बंगलादेशले जितका लागि पाएको १२५ रनको लक्ष्य१९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए । उनले मात्र २० बलमा १ चौका र ६ छक्का हिर्काए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको थियो ।

श्रीलंकाका लागि ओपनर पाथुम निशांकाले सर्वाधिक ४७ रनको योगदान दिए । उनले २८ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

धनञ्जय डी सिल्भाले २६ बलमा २१ रन बनाए । चरिथ अशलंकाले २१ बलमा १९ रन जोडे। एन्जेलो म्याथुजले १९ बलमा १६ रन बनाए।

पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग पराजित भएको थियो। बंगलादेशको यो पहिलो खेल हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय