विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग एकताको सम्भावना छैन: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका माधव नेपालले एमालेसँग तत्काल एकताको सम्भावना नरहेको घोषणा गरेका छन्।

आज शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा एस कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो घोषणा गरेका हुन्। उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए।

उनले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताए।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरे। उनले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको बताए। उनले समाजवादी मोर्चाको पुनर्गठन गरेर अघि बढ्ने सोच आफूहरूको रहेको र तदनुसार अघि बढिरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय