काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पार्टी विभाजन नभएको जिकिर गरेका छन् ।
आज शनिबार जनकपुरमा पत्रकार सम्मेलनमा उनले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदलाई चोइट्याइए पनि पार्टी यथावत् रहेको बताए ।
उनले केही नेतालाई राज्यले मोहरा बनाएर चोइट्याउनुलाई विभाजन भन्न नमिल्ने तर्क गरे । कुनै राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको भन्दै उनले मन्त्री बन्न र धन कमाउन नेताहरू चोइटिएका टिप्पणी गरे ।