कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिँदा १३ वटा खच्चड पुलमै फसे

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिँदा १३ वटा खच्चड पुलमै अड्किएका छन्।

आज बिहान करिब ९ बजे अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबिस नगरपालिका वडा–४ जोड्ने कर्णाली माथिको झोलुंगे पुलको लठ्ठा चुँडिँदा खच्चड तारमा फसेको जिल्ला प्रशासन कार्यालय, दैलेखका निमित्त प्रमुख गणेशप्रसाद कोइरालाले बताए ।

उनका अनुसार १३ वटा खच्चड फसेकोमा एउटा चाहिँ नदीमै खसेको थियो। तर,सामान्य चोट लागेको र उद्धार गरिएको निमित्त प्रमुख कोइरालाले जानकारी दिए। उनका अनुसार अरू खच्चड भने पुलमै फसेका छन्।

जिल्ला प्रशासन कार्यालय दैलेखले अहिले पुलको लठ्ठा चुँडिएसँगै दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर