टी–२० विश्वकप अन्तर्गत समूह बी को खेलमा अष्ट्रेलियासँग इंग्ल्यान्ड पराजित

एजेन्सी । अष्ट्रेलियाले आइसीसी टी–२० विश्वकप अन्तर्गत समूह बी को खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ।

प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको अष्ट्रेलियाले ३६ रनको जित दर्ता गर्यो। बार्बाडोसमा पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन जोडेको थियो।

अष्ट्रेलियाका कुनैपनि ब्याटरले ४० रन कटाएनन् तर आक्रामाक ब्याटिङ गरे। ओपनरद्वय ट्राभिस हेड र डेविड वार्नरले आक्रमक सुरुवात दिलाएका थिए। पाँच ओभरमा ७० रन जोडेको अवस्थामा वार्नर आउट भएपछि साझेदारी तोडिएको थियो। उनले १६ बलमा २ चौका र ४ छक्कासहित ३९ रन जोडे। हेडले १८ बलमा ३६ रन बनाए। कप्तान मिचेल मार्सले ३५, ग्लेन म्याक्सवेल २८ र मार्कस स्टोइनिसले ३० रन बनाए। इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए।

जवाफमा राम्रो सुरुवात गरेपनि मध्यक्रम नचल्दा इंग्ल्यान्ड ६ विकेटको क्षतिमा १ सय ६५ रन बनाउँदै पराजित हुन पुग्यो । आठौं ओभरमा फिल साल्ट ३७ रन जोडेर आउट हुँदा इंग्ल्यान्डले ७३ रन बनाइसकेको थियो। उनले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

अष्ट्रेलिया २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ। स्कटल्यान्डको २ खेलमा ३ अंक तथा नामिबायाको २ खेलमा २ अंक छ। इंग्ल्यान्डको १ अंक र ओमान अंकविहिन छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय