अपडेटः कर्णालीको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारको क्रममा दुईवटा मरे

काठमाडौं । कर्णाली नदीको झोलुङ्गे पुलमा फसेका १३ वटा खच्चडमध्ये उद्धारको क्रममा दुईवटा मरेका छन्। झोलुङ्गे पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुईवटा खच्चड मरेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए।

आइतबार बिहान अछामको पञ्चदेवल विनायक नगरपालिका–९ र दैलेखको आठबिस नगरपालिका वडा–४ जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा लठ्ठा चुँडिएर १३ वटा खच्चड फसेका थिए।

“पुलमा फसेका १३ खच्चडमध्ये अहिलेसम्म १० वटाको उद्धार भइसकेको छ। १० मध्य उद्धारका क्रममा दुईवटा खच्चड मरेका छन्। अन्य खच्चडको उद्धार कार्य भइरहेको छ।” प्रहरी प्रमुख दाहालले भने।

पुलमा फसेका खच्चडको उद्धार गर्न नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयलगायत खटिएको जनाइएको छ। प्रहरी प्रमुख दाहालका अनुसार पुलमा फसेका खच्चडलाई कर्णाली नदीमा खसाएर बोटका माध्यमबाट उद्धारको गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय