अनमोल केसी र आँचल शर्मा एकसाथ देखिने

काठमाडौँ । कलाकार अनमोल केसी र आँचल शर्मा पहिलोपटक एकसाथ देखिने भएका छन् । आगामी चलचित्र ‘जेरी अनटप’ मा शर्मा पनि अनुबन्धित भएकी छन् ।

‘जेरी अनटप’ मा अनमोल र आना शर्मा यसअघि नै अनुबन्धित भइसकेका थिए ।

निर्माण टिमले अभिनेत्री आँचललाई शुक्रवार मात्रै फिल्ममा अनुबन्धित गरेको हो । त्रिकोणात्मक प्रेमकथा रहेको यस चलचित्रमा अनमोल, आना र आँचलको मुख्य अभिनय रहनेछ ।

‘फर्की फर्की’ चलचित्रका निर्देशक सुयोग गुरूङले नै यस चलचित्रलाई निर्देशन गर्नेछन् । यस चलचित्रका लेखक हेमराज बिसी हुन् भने निर्माताका रूपमा सरोज न्यौपाने र दीपक भण्डारी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय