नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय