असार ७ गते विश्व योग दिवस मनाइने

काठमाडौं। सरकारले यही असार ७ (२१ जुन २०२४) गते ‘विश्व योग दिवस’ मनाउने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग भन्ने आदर्श वाक्यका साथ मनाउने निर्णय गरेको हो।

बैठकले प्रदेश तह र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गर्ने निर्णय गरेको छ। विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय इकाई मार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय