फिफा विश्वकप: आज नेपाल र यमन भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ र एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह एचको अन्तिम खेलमा आज नेपाल र यमन भिड्दै छन् ।

खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहाद स्टेडियम राति पौने १२ बजे सुरु हुने छ। यो खेल यमनमा हुनुपर्ने थियो। तर मध्यपूर्वी टोलीले घरेलु मैदानमा नेपाललाई आतिथ्यता दिन नसक्ने बताएपछि खेल न्युट्रल भेन्युमा हुन लागेको हो।

नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले आज नेपालका तर्फबाट १ सयौँ खेल खेल्दै छन्।

प्रतिक्रिया

सम्बन्धित खवर