प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउनपर्छ: रघुजी पन्त

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमण र त्यस क्रममा भएको छलफलबारे सदनमा जानकारी गराउन माग गरेका हुन्।

सांसद पन्तले भारतमा जुनसुकै दलको सरकार आए पनि नेपाललाई दमन गर्ने नीति अपनाएको बताए।

पन्तले भारतलाई नेपालले हेर्ने नीति के हो भन्दै सरकारसँग प्रश्न गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भई प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय