राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान गरेका छन्।

स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने अन्ताराष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा सहभागी हुन तथा संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका लागि राष्ट्रपति पौडेल आज साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्।

राष्ट्रपतिको अनुपस्थितिमा उनको कार्यभार उपराष्ट्रपतिले सम्हालेका छन्। संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उक्त कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय